Banking Khabar
प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

shilalekha
shilalekha
प्रकाशित: March 5, 2023
March 5, 2023
सेयर:

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना सांसदहरूलाई  निर्देशन दिएका छन् ।

सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताए ।  शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नभएको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो ।

त्यसको जानकारी मुख्यमन्त्री शाहलाई माओवादी संसदीय दलका नेता खगराज भट्टले शनिबारै अध्यक्ष प्रचण्डलाई गराएका थिए । मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालयको भागबन्डा प्याकेजमा हुनुपर्ने भट्टको माग थियो ।

मुख्यमन्त्री  शाहले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। माओवादीले मत दिएमा शाहले विश्वासको मत पाउँछन्। ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७,  नेकपा (एकीकृत समाजवादी) ४ जना र राप्रपाका १ सांसद छन्। प्रदेश सभामा एमालेका १० सांसद छन्।