Banking Khabar
खेलकुद

सूर्यकुमारले डेब्यू खेलमा बनाए शानदार अर्धशतक

shilalekha
shilalekha
प्रकाशित: March 18, 2021
March 18, 2021
सेयर:

काठमाडौं । इंग्ल्याण्डसँगको टी–२० सिरिजको चौथो खेलमा भारतीय ब्याट्सम्यान सूर्यकुमार यादवले अर्धशतक बनाएका छन्। उनले २८ बलमा ६ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेको हुन्।

यो उनको पहिलो टी–२० अर्धशतक हो। यो उनको दोस्रो टी–२० म्याच हो। उनले डेब्यू म्याचमा ब्याटिङ गर्ने मौका पाएका थिएनन्।

 ब्याटिङ गर्दै भारत

भारतसँगको टी–२० सिरिजअन्तर्गत चौथो खेलमा इंग्ल्याण्डले टस जितेर बलिङ रोजेको छ।

पाँच म्याचको सिरिजमा इंग्ल्याण्ड २–१ ले अघि रहेको छ। यदि भारतलाई श्रृंखलामा रहिरहनु छ भने उसले आजको म्याच जित्नुपर्नेछ।

किनकि भारत पहिलो खेल र दोस्रो म्याचमा पाहुना टोली इंग्ल्याण्डसँग ८ विकेटले पराजित भएको थियो। भारत चौथो खेलमा उत्कृष्ट ‘कमब्याक’ गर्दै सिरिज २–२ को बराबरीमा ल्याउन चाहन्छ।

उत्कृष्ट लयमा रहेका यी टिमबीचको चौथो टी–२० म्याच पनि निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।

यता, इंग्ल्याण्ड भने चौथो म्या जित्दै एक खेल अगाबै सिरिज आफ्नो बनाउन चाहन्छ। यो खेल इंग्ल्याण्डले जितेमा पछिल्लो २ वर्षमा कुनै द्विपक्षीय टी–२० सिरिजमा भारतलाई पराजित गर्ने पहिलो देश बन्नेछ।

भारत सन् २०१९ को फेब्रुअरीमा अस्ट्रेलियासँगको सिरिजमा पराजित भएको थियो। त्यसपछि भारत लगातार ६ टी–२० सिरिजमा अपराजित रहँदै आएको छ।

चौथो म्याचमा भारतले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ। उसले इशान किशनको स्थानमा सूर्यकुमार यादव युजवेन्द्र चहलको ठाउँमा राहुल चहरलाई खेलाएको छ।

इंग्ल्याण्डले प्लेइङ–११ मा आज कुनै परिवर्तन गरेको छैन। तेस्रो म्याचकै प्लेइङ सेटलाई निरन्तरता दिएको छ।

यो सिरिजमा अहिलेसम्म टसको भूमिका महत्वपूर्ण रहँदै आएको छ। तीन खेलमा पहिले ब्याटिङ गर्ने टीम पराजित भएको छ। भारतले पहिलो र तेस्रो टी–२० मा टस हारेर पहिले ब्याटिङ गरेको थियो।