Banking Khabar
प्रदेश

स्थानिय निर्वाचन : जानकी गाँउपालिको अध्यक्षमा कांग्रेसबाट निर्विकल्प उम्मेदवार छब्बन खान !

shilalekha
shilalekha
प्रकाशित: April 10, 2022
April 10, 2022
सेयर:

नेपालगन्ज । स्थानिय तहको निर्वाचन नजिकदै जाँदा स्थानिय तहमा उम्मेदवारी घोषणाको लहर चलेको छ ।

एउटै पालिकाको वडामा १३\ १४ जना आंकाक्षी देखिएका छन् भने कतै निर्विकल्पक एक जना मात्रे उम्मेदवार  देखिएको अवस्था छ ।
त्यस्तै अवस्था रहेको छ बाँकेको जानकी गाँउपालिकामा नेपाली कांग्रेसबाट छब्बन खान ! कांग्रेसबाट अहिलेसम्म गाँउपालिको अध्यक्षमा खान मात्रै उम्मेदवारको आकांक्षी देखिएका छन् ।

छ ओटा वडा रहेको पालिकामा ६ वटा वडाले गाँउपालिको अध्यक्षको उम्मेदवारमा खानकाे मात्र शिफारिस गर्दा खानले नै कांग्रेसबाट टिकट पाउने लगभग निश्चित जस्तै देखिएको छ ।

२०७४ सालको चुनावमा खान नै कांग्रेसबाट जानकी गाँउपालिकाकाे अध्यक्षको उम्मेदवार थिए । स्थानिय तहको निर्वाचनमा झिनो (७३) मतले एमालेका उम्मेदवारसंग पराजित खान पालिकामा मात्र नभई जिल्लाभरमै प्रभाव छाड्न सफल राजनीतिज्ञ भएकाले यसपटकको निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उनी नै पालिका अध्यक्ष लड्ने सम्भावना प्रवल रहेको राजनीतिक वृतमा चर्चा चुलिदै गएको छ ।

चुनावमा खान पराजित भए पनि गाँउपालिकाको सेवामा निरन्तरर लागिरहे । सामाजिक गतिविधीमा अहोरात्र क्रियाशील खानको नाम पालिका अध्यक्षको प्रत्याशीको रुपमा चर्चा बढेसँगै भावी अध्यक्षमा बिजयी हुने एक मात्र सफल उमेद्वारका रुपमा अन्य राजनीतिक दलका स्थानिय नेता कार्यकर्ताहरुले मनन् गर्दै निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्न ठुलो कसरत शुरुवात गरिरहेको पाइन्छ ।

खान नेपाली कांग्रसका पुराना नेताका रुपमा चिनिन्छन् । २०५४ सालमा पनि कांग्रेसले तत्कालिन बेलाहरी वडाअध्यक्षको टिकेट नदिँदा स्वतन्त्र निर्वाचन लडेर खान भारी मतले विजयी भएका थिए । निर्वाचन जितेपछि फेरी खान कांग्रेसमै प्रवेश भई हालसम्म नेपाली काँग्रेसमा सक्रिय राजनीतिमा  छन् ।

राजनीतिमा मात्र सिमित नभई खानको व्यक्तित्व समाजसेवासँग पनि जोडिएकाले सशक्त र बलिया उमेद्वारको रुपमा खानले आफूलाई प्रस्तुत गरेका छन् ।मधेशी समूदायको बाहुल्य रहेको पालिकामा हिन्दु र मुस्लिम समूदायको बराबर बसोबास रहेको छ । दुवै समूदायलाई सद्भावका साथ  एकता प्रस्तुत गर्नमा खानको भूमिमा पनि अतुलनिय रहेको स्थासनियको भनाइ छ।

उनी औं,११औं,१२ औं अधिवेशनमाजिल्ला सदस्य रहेका थिए भने ।१४औं अधिवेशनमा गाँउपालिका तयारीका लागि पार्टीको कुनै पनि पदमा रहेका छैनन् ।