Banking Khabar
अपराध

स्पिकरभित्र लुकाएर लागुऔषध तस्करी,२ सय ग्राम सहित एक भारतिय प्रकाउ

shilalekha
shilalekha
प्रकाशित: August 19, 2025
August 19, 2025
सेयर:
स्पिकरभित्र लुकाएर लागुऔषध तस्करी,२ सय ग्राम सहित एक भारतिय प्रकाउ

विनोद थापा, काठमाडौं । लागुऔषध तस्करी गर्ने तरिका दिनानुदिन नयाँ नयाँ तरिका सार्वजनिक भएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट वरिष्ठ सई बालकृष्ण सन्जेलको कमाण्डमा खटिएको टोलीले स्पिकरभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा २ सय ग्राम खैरो हिरोइन बरामद गरेको छ ।

प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१५ रानीबाट २ सय ग्राम लागूऔषध (खैरो हिरोइन) सहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको गौतमपुरी बदरपुर फेस–१ दिल्लीका ४३ वर्षीय भारतिय नागरिक सगीर नाम गरेका व्यक्ति छन्। उनको साथबाट भारतीय आधार कार्ड पनि बरामद भएको लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी जनक शाहीले जानकारी दिए ।

लागूऔषध नियन्त्रण ब्युरोमा एसएसपी कृष्णप्रसाद कोइरालाले जिम्मेवारी सम्हालेपछि प्रहरी लागूऔषध कारोबारीप्रति निर्मम बनेको छ।