Banking Khabar
ब्यानर न्युज

ईण्ट्राडे हाईमा बन्द भएको आजको बजारलाई विश्लेषण गरेर हेर्दा ?

shilalekha
shilalekha
प्रकाशित: March 4, 2021
March 4, 2021
सेयर:

काठमाडौं । दोश्रो बजारमा आज ३.७५ प्रतिशतमाथि वृद्धि भएको छ । नेप्से परिसूचक ९०.६७ अंक बढेर २५०६.६८ विन्दुमा बन्द भएको छ। नेप्से परिसूचक ३ दशमलव ७५ प्रतिशतले वृद्धि भएकोमा ६ अर्ब ५ करोडको शेयर कारोवार भएको छ ।

दोश्रो बजार २४२४ को विन्दुमा खुलेकोमा २५०६ को उच्च विन्दुसम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २४३६ रहेको छ ।

नेप्सेको आजको ग्राफ हेर्दा बजारमा निकै बलियो मनोविज्ञान देखिएको छ । बजारमा ठूलो खरिद चाप आएको थियो । जसले गर्दा बजारको आजको ग्राफले खरिदकर्ता हावी भएको बुझ्न सकिन्छ ।

त्यस्तै बजारको अन्तिम विन्दु र उच्च विन्दु एउटै रहेको छ । यसको अर्थ बजार ईण्ट्राडे हाईमा बन्द भएको छ। ईण्ट्राडे हाईमा बजार बन्द हुनुलाई आइतबार अर्थात बजार खुलेको दिनको सुरुवाती चरणको लागि खरिदकर्ता हावी हुने बुझ्न सकिन्छ।

आज सम्पूर्ण उपसुचक उपसुचकमा वृद्धि आएको छ । अन्य उपसुचकमा सर्वाधिक वृद्धि भएको छ । बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंक उपसुचकमा पनि करिव २.४७ प्रतिशतको वृद्धि देखिएको छ ।

आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु

 

आज सर्वाधिक कमाउने ५ कम्पनीहरु

आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु