Banking Khabar
ब्यानर न्युज

एकीकृत समाजवादीका पर्यटनमन्त्री आलेदेखि झ्राँकीसम्म फिर्ता हुदैं

shilalekha
shilalekha
प्रकाशित: June 5, 2022
June 5, 2022
सेयर:

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई  २४ घण्टाभित्र  फिर्ता बोलाउने निर्णय गरेको छ।

सो पार्टीको सचिवालय बैठकले हाल पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो।

समाजवादीबाट हाल ४ मन्त्री र एक राज्यमन्त्री रहेका छन् । राज्यमन्त्री भूमिकामा रहेकी भवानी खापुङबाहेक सबैलाई फिर्ता बोलाउने निर्णय भएको सो पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

निर्णय गर्ने अधिकार भने अध्यक्ष माधव नेपाललाई दिएको छ। पार्टीका तर्फबाट ६ महिनाका लागि मन्त्री बनाइएकाहरुको समयावधि नाघेको भन्दै बैठकमा समीक्षा भएको छ।

सचिवालय बैठकपछि एकीकृत समाजवादीका पार्टी कार्यालय सचिव गंगालाल तुलाधरले मन्त्रीहरुको जिम्मेवारी हेरफेरका विषयमा छलफल भएको बताउँदै निर्णय अधिकार अध्यक्ष नेपालसँग रहेको बताए।

पार्टीको निर्णय कार्यान्वयन हुँदा चार मन्त्री र एक राज्यमन्त्रीको पद जानेछ । स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रीबाट हट्नेछन् भने स्वास्थ्य राज्यमन्त्री भवानी खापुङको पनि राज्यमन्त्री पद रिक्त हुनेछ ।

नेकपा (एस)ले सरकारमा पठाउने नयाँ मन्त्रीहरूको नाम भने सार्वजनिक गरिसकेको छैन ।