एनआरएनए अष्ट्रेलिया निर्वाचन : टिम सन्जिबबाट नर्दन टेरिटोरीमा त्रिलोचन सापकोटाको प्यानलनै विजयी

0
collage

काठमाडौंं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नर्दन टेरिटोरी राज्यको २०२५ -२७ कार्यकालका लागि भएको निर्वाचनमा संयोजक पदमा त्रिलोचन सापकोटा विजयी भएका छन्। उनले कुल ३७९ मत प्राप्त गर्दै राज्य संयोजक पदमा निर्वाचित भएका हुन्।
उनी एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदका उम्मेदवार सन्जिव ढकाल र्गोखाली समूहबाट उम्मेदवार बनेका थिए ।

साथै, अष्ट्रेलियाको नर्दन टेरिटोरीराज्यबाट एनसीसी मेम्बर पुष्कर राज अधिकारी ८२४९ भोट संगै विजयी भएका छन् ।

त्यस्तै उपसंयोजक पदमा निरज देवकोटाले ३१८ मत प्राप्त गरी विजयी छन्। राज्य सचिव पदमा प्रियासा नेपाल ३६८ मतसहित विजयी भएकी छिन् भने सह–सचिवमा बिष्णु केसी खत्री ९बिशाल० ३५८ मतसहित निर्वाचित भए।

कोषाध्यक्ष पदमा इशान चौलागाईंले ३३४ मत प्राप्त गरी सफलता हात पारे। यस्तै सदस्यहरुमा बीपी कोइराला ३५सय ५ भोट, निरज कट्टेल ३ सय २० भोट ल्याएर विजयी भएका छन् ।

यस्तै नारी निकुञ्ज तर्फ महिला संयोजकमा सुजना केसी ३ सय ४३ भोट विजयी भएका छन् । भने महिला उपसंयोजक प्रतिभा पराजुली ३ सय ५४ भोट ल्याएर विजयी भएका छन् ।

यस्तै युवा संयोजकमा सुमन गैरे ‘नमुष’ ३ सय ५२ भोट ल्याएर विजयी भएका छन् ।भने युवा उपसंयोजकमा योगेन शिङ नाल्बो वजयी भएका छन् ।

एनआरएनए अष्ट्रेलिया निर्वाचन आयोगका अनुसार क्वीन्सल्यान्ड संयोजक पदमा अतुल खड्कासहित टिम नै निर्विरोध निर्वाचित भएको छ । तास्मानियामा समेत संयोजक सुजन वाग्लेसहितको टिम निर्विरोध भएको छ । न्यूसाउथवेल्समा उषा किरण बारिया पोखरेल, साउथ अष्ट्रेलियामा थीरबहादुर गुरुङ,वेष्टर्न अष्ट्रेलियामा हरिवंश सञ्जेल सुमन, अष्ट्रेलियन क्यापिटल टेरेटोरीमा ललित मल्ल, भिक्टोरियामा महादेव धानुक विजयी भएका छन् ।

एनआरएन अष्ट्रेलियामा १६ हजारभन्दा बढी मतदाता भएपनि १३ हजार ७ सय १ भोट मात्रै खसेको थियो । कूल मतदाताको ८५ प्रतिशत भोट खसेको प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed