Banking Khabar
ब्यानर न्युज

एमाले अझै संसद् विघटन गरेर मध्यावधि चुनावमा जाने दाउमा छ : माधव नेपाल

shilalekha
shilalekha
प्रकाशित: April 12, 2023
April 12, 2023
सेयर:

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अझै पनि संसद् विघटनको योजनामा रहेको बताएका छन्।

आज (बुधबार) सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले एमाले संसद् विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन्।

‘एमालेभित्र अहिले प्रतिनिधिसभालाई फेरि पनि विघटन गर्न सकिन्छ, मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच रहेको हामीले सुनेका छौं। तर त्यो बाटोमा हामी जान सक्दैनौं। संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौं,’ उनले भने।

उनले मन र विचार मिल्नेहरुसँग एकताका लागि छलफल गर्ने तर एमाले अध्यक्ष केपी ओलीसँग भने एकताको सम्भावना नरहेको समेत स्पष्ट पारेका छन्।