Banking Khabar
ब्यानर न्युज

एसीड पीडितको उपचार खर्च सरकारले व्यहोर्ने,उपत्यकाका चारवटा अस्पताललाई डेडिकेटेड तोकियो

shilalekha
shilalekha
प्रकाशित: September 15, 2020
September 15, 2020
सेयर:

काठमाडौं । एसिड आक्रमणका पीडीतहरूको आजीवन खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ। त्यसका लागि सरकारले काठमाडौं उपत्यकामा चार वटा डेडिकेटेड अस्पताल समेत तोकेको छ।

एसिड आक्रमणमा परेका पीडितहरूको उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पतालका रुपमा तोकेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णिहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले पीडितको निःशुल्क उपचार र स्वास्थ्यसँग सम्बन्धित प्रयोग गर्नुपर्ने आजीवन औषधि खर्च सरकारले व्यहोर्ने निर्णय गरेको बताउनुभयो ।

पीडितको तत्काल सम्भव हुने अस्पतालमा उपचार गरेर थप उपचारका लागि प्राथिमकताका साथ रिफर गर्नुपर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

यससँगै पीडितहरुको निःशुल्क शिक्षाको व्यवस्था गर्ने त्यसको जिम्मेवारी शिक्षा मन्त्रालयललाई दिने निर्णय गरेको छ। साथै, पीडितको क्षमता र सीप विकास,रोजगारी,अनुदान उपलब्ध गराउन पनि सम्बन्धित मन्त्रालयहरूलाई तोकिएको ज्ञवालीले जानकारी दिनुभयो ।