‘कम्युनिष्ट पार्टीका सदस्यलाई नागरिकता नदिने अमेरिकी नीतिले लोकतन्त्रको खिल्ली उडायो’ नेकपा प्रवक्ता श्रेष्ठ

0
Narayan-Kaji-Shrestha-1

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीका सदस्यलाई स्थायी आवासीय र नागरिकता नदिनेगरी अमेरिकाले ल्याएको प्रस्तावले लोकतन्त्रको खिल्ली उडाएको बताउनुभएको छ ।

हालै अमेरिकाले आफ्नो आप्रवासी नियम परिवर्तन गरेर कम्युनिष्ट पार्टीका सदस्य वा सो सरहका पदमा रहेकाले अमेरिकाको स्थायी बसोबासको अनुमति वा नागरिकता नपाउने व्यवस्था गरेकामा श्रेष्ठले टिप्पणी गर्नुभएको हो ।

श्रेष्ठले आज ट्विट गर्दै भन्नुभएको छ, ‘अमेरिकाले हालै देशभित्र वा विदेशको कुनै कम्युनिष्ट पार्टीको सदस्यता लिएको आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीतिको खुला घोषणा गरेको छ। यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको छ। यही हो ‘नमुना पुँजीवादी लोकतन्त्र’ !’

युएससीआइएसले सार्वजनिक गरेको विज्ञप्तिमा कुनै पनि कम्युनिष्ट पार्टीका वा निरंकुश पार्टीसँग आबद्ध भएका मानिसले अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन नसक्ने कुरा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed