कांग्रेस पदाधिकारी बैठकःनयाँ सरकार गठनको विषयले वैठकमा ठाँउ नै पाएन् !

0
congress-padadhikari-baithak

काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आवश्यक परे पार्टीले सरकारको नेतृत्व लिने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने आवाज उठिरहेका बेला बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सरकार गठनबारे भने आज कुनै छलफल नभएको दाबी लेखकले गरेका छन्।

‘आवश्यकता पर्‍यो भने पार्टीले सरकारको नेतृत्व गर्छ भनेकै छ,’ सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता लेखकले भने, ‘तर सरकार बनाउनका लागि परिस्थिति सुनिश्चित र अवस्था परिपक्क भइसकेको छैन।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed