कांग्रेस सभापति देउवाद्वारा जनसम्पर्क समिति समन्वय विभागमा थप ३४ जना मनोनयन (नामावलीसहित)

0
collage (6)

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जनसम्पर्क समिति समन्वय विभागमा सदस्य मनोनयन गर्नुभएको छ ।

सभापति देउवाले काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको विभागमा सोमबार ३४ जना सदस्य मनोनयन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसअघि सभापति देउवाले जनसम्पर्क समिति समन्वय विभागको प्रमुख सहित ८ सदस्यहरु मनोनयन गर्नुभएको थियो ।  विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य श्री गोविन्द भट्टराई हुनुुहन्छ । सोमबार थप ३४ जनालाई मनोनयन गरिएसँगै जनसम्पर्क समिति समन्वय विभाग ४१ सदस्यीय भएको छ ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने विभाग खारेजीका लागि विरोधका कार्यक्रम बनाइराखेको छ ।देउवाले अहिलेसम्म ९ सय बढी कार्यकर्तालाई विभागीय जिम्मेवारी दिएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed