काठमाडौं उपत्यकामा कुन बार,कुन व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइन्छ ?

0
bktpur-pasal

काठमाडौं । काठमाडौं उपत्यकाभित्र बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै  बिहिबारदेखि सबै खालका पसल खुल्नेछन्, तर बढी भीड हुने ठाउँहरूलाई साताको तीन दिन मात्र खोल्न दिइने छ।

बिहीबारदेखि भदौ ३१ गतेसम्म लागू हुने गरी स्वास्थय तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अपनाइ बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्नुपर्ने छ ।

यस्तै आइतबार, मंगलबार र शुक्रबार भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरुमात्र खोल्न पाइने छ ।

यसैगरी साताको सोमबार, बुधबार र शनिबार सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरुमात्र खोल्न पाइने भएको छ ।

यसैगरी फर्निचर र अटो मोवाइल सम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख छ ।

अब टेक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन सकिने छ। त्यसका लागि स्वास्थ्य मापदण्ड पालना गरेर मध्याह्न १२ देखि बेलुका ७ बजेसम्म खुला गरिएको छ।

बैंकहरू यसअघि नै सुचारु थिए। अब सहकारी पनि खोल्न पाइने छ। तर, सहकारीलाई बिहान ११ देखि ३ बजेसम्म खोल्न दिइने छ।

वर्कसपहरू बिहान ८ देखि बेलुका ८ बजेसम्मै खुल्नेछन्। फुटपाथ, ठेला व्यापार, स्टेशनरी, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसल तथा डिपार्टमेन्ट स्टोरहरू बिहान ११ बजेसम्म र अपराह्न ४ देखि बेलुका ७ बजेसम्म खुल्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed