Banking Khabar
ब्यानर न्युज

काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो पारिँदै,निषेधाज्ञाको मोडालिटी बनाउने जिम्मा गृहलाई

shilalekha
shilalekha
प्रकाशित: September 1, 2020
September 1, 2020
सेयर:

काठमाडौं । कोराना संक्रमितको संख्या बृद्धि भएसंगै करिब दुई सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बन्ने भएको छ ।

काठमाडौं उपत्यकाभित्रका तीनवटै प्रमुख जिल्ला अधिकारीको ममंगलबार बसेको बैठकले लामो समयदेखि निषेधाज्ञा जारी भएकाले मानिसको दैनिकी कष्टकर बन्दै गएको भन्दै केही खुकुलो बनाएर अघि बढ्न सरकारलाई सुझाव दिइएको हो । थप गरेको निषधाज्ञाको पछिल्लो समय भोलि बुधबार भदौ १७ गते राति १२ बजेबाट सकिँदैछ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गृहको सल्लाह अनुसार नै अबको निषेधाज्ञा कस्तो हुने भन्ने मोडालिटी तय गरीने बताउनुभयो ।

काठमाडौं उपत्यकाभित्र संक्रमण फैलिने दर बढ्दै गएपछि काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला प्रमुखहरुको बैठकले भदौ ३ गते राती १२ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको थियो।