‘केपी ओलीले दुई तिहाइ ल्याउने होइन्,जमानत जफत हुन्छ’ :झलनाथ खनाल

0
jhalnat khanal

काठमाडौं । प्रचण्ड–माधव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईतिहाइ ल्याउछु भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफत हुने बताएका छन्।

प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले आगामी निर्वाचनमा देशका १६५ निर्वाचन क्षेत्रमै ओली समूहको जनमत जफत हुने बताएका हुन्।

उनले दरबार अगाडिको सभामा ओलीले चुनाव गराएर दुई तिहाइ ल्याउने बताएका थिए। सोही भनाइतर्फ संकेत गर्दै उनले भंगेराले बाँस नुघाएको कथा सुनाउदै ओलीका खुट्टी हेर्दै चाल पाएको बताए।

‘मिस्टर केपी ओली, तपाईंका खुट्टी हेर्दै पत्यायौँ, अब तपाईले दुई तिहाइ ल्याउने होइन्, तपाईंको जमानत जफत हुन्छ’, उनले भने, अबको दुई वर्षमा चुनाव हुन्छ, त्यसपछि १६५ निर्वाचन क्षेत्रमै तपाईंको जमानत जफत हुन्छ।’

उनले सभा कस्तो हुन्छ भन्ने हेर्न प्रदर्शनी केन्द्र आउन प्रधानमन्त्री ओलीलाई चेतावनी दिए। ‘दरबारमार्ग अगाडि दुईरचार हजार मान्छे जम्मा गरेर केपी ओलीले भने–ल हेर्नुहोस् सभा कस्तो हुन्छरु म कास्टिङ गर्छु’, नेता खनालले भने, ‘केपी ओलीजी र ओलीका समर्थक साथीहरु, सभा कस्तो हुन्छ, आउनुहोस्, प्रदर्शनी सभामा आउनुहोस्, हामी देखाउन तयार छौँ।’

उनले निर्वाचन आयोगमा आयुक्तहरुलाई आधिकारिक पार्ट कुन भनेर निर्क्र्यौल गर्न गाह्रो परेको भन्दै आधिकारिक पार्टी हेर्न प्रदर्शन केन्द्रका वरिपरि आउन आग्रह गरे। उनले यो भन्दा अधिकारिक पार्टी नेपालमा हुन नसक्ने दावी गरे। उनले निर्वाचन आयोगलाई ऐन, कानुन प्रक्रिया मिलाई छिट्टै घोषणा गर्न आग्रह गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed