Banking Khabar
ब्यानर न्युज

केपी ओली गणतन्त्र र संघीयताविरोधी नेता हुन्:माधव नेपाल

shilalekha
shilalekha
प्रकाशित: December 25, 2020
December 25, 2020
सेयर:

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष बन्नुभएका माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयताविरोधी नेता भएको बताउनुभएको छ ।

ओलीलाई गणतन्त्र र संघीयताप्रति कुनै मोह नभएको नेपालले दाबी गगर्नुभयो । यहाँ झलनाथजी अमृत बोहराजी यहिँ साक्षी हुनुहुन्छ, उहाँ (ओली0ले नेपालमा गणतन्त्र आउँदैन भनेर फरक मत राख्ने नेता हो,’ नेपालले शुक्रबार बबरमहलमा पत्रकार सम्मेलनमा भने, ‘उहाँलाई यो व्यवस्थाप्रति कुनै मोह नै छैन। ओलीले तानाशाह प्रवृत्ति देखाएको बताउनुभयो ।
‘तानाशाहलाई कहिल्यै पनि बैठक र समितिहरु मन पर्दैन। उहाँले हिजो त्यहि भन्नुभयो,’ नेपालले भन्नुभयो, ‘उहाँलाई एउटा कुरा मात्र मन पर्छ, त्यो हो– ओलीवाद।’