कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप नेपालमा पनि प्रयोग गर्न अनुमति

0
collage (59)

काठमाडौँ । औषधि व्यवस्था विभागले कोरोना भाइरसविरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालिन प्रयोगको अनुमति दिएको छ।

सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालिन प्रयोगका लागि सशर्त अनुमति दिइएको विभागले जनाएको छ।

‘कोभिसिल्ड’, अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो। विभागले दुई दिनअघि आपतकालिन अनुमतिका लागि प्रयोग गरिने खोप दर्ता आह्वान गरेको थियो। भारतमा भोलिदेखि यो खोप लगाउन थालिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed