Banking Khabar
ब्यानर न्युज

कोरोनाविरूद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी हुने अमेरिकी कम्पनी मोडेर्नाको दाबी

shilalekha
shilalekha
प्रकाशित: November 16, 2020
November 16, 2020
सेयर:

काठमाडौं । अमेरिकी कम्पनी मोडेर्नाको कोरोनाविरूद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी हुने दावी गरेको छ ।

कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै प्रारम्भिक तथ्यांकका आधारमा आफ्नो खोप ९४।५ प्रतिशत प्रभावकारी देखिएको जानकारी दिएको बिबिसीले जनाएको छ।

केही दिनअघि मात्र जर्मनीको कम्पनी बायोएनटेक र फाइजरले बनाएको खोप ९० प्रतिशत प्रभावकारी भएको जानकारी सार्वजनिक भएको थियो। यी दुवै खोपका समाचारले कोरोना महामारीविरूद्ध लड्ने आत्मविश्वास बढेर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

मोडेर्नाले यो खबर आउनू आफ्ना लागि सुखद दिन भन्दै आगामी केही सातामा आफ्नो खोप प्रयोगका लागि अनुमति पाउने बताएको छ।
मोडेर्नाको खोप अमेरिकाका ३० हजार मान्छेमा परीक्षण गरिएको थियो। यसमा विभिन्न चरण र प्रक्रिया थिए।

ुहामीले गरेका चरणबद्ध परीक्षणका आधारमा यो खोपको प्रभावकारिता धेरै राम्रो पाएका छौं,मोडेर्नाका प्रमुख मेडिकल अफिसर टल जाक्सका भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ।
कम्पनीका प्रेसिडेन्ट डाक्टर स्टेफन होजले पनि यो नतिजा आउँदा केहीबेर स्तब्ध भएको बताउनुभएको थियो । उहाँले भन्नुभएको छ,हामीमध्ये कसैले पनि हाम्रो खोप करिब ९५ प्रतिशत प्रभावकारी होला भन्ने आशा गरेका थिएनौं सायद। यो नतिजा हामीलाई नै चित खुवाउने थियो,
कम्पनीका अनुसार यो खोप कहिलेदेखि उपलब्ध हुन्छ भन्नेमा देशअनुसार भर पर्नेछ। मोडेर्नाले खोप प्रयोगको अनुमति पाएपछि सबभन्दा पहिले अमेरिकाका लागि २ करोड खोप उपलब्ध गराउने बताएको छ।

यसपछि आगामी वर्षसम्म संसारभरका देशका लागि करिब १ अर्ब खोप बनाउनेछ। आफ्नो खोप प्रयोगका लागि अनुमति दिन अरू देशसँग पनि सम्झौता गर्ने कम्पनीले जनाएको छ।

हाल संसारमा दर्जनौं खोपहरू आफ्नो परीक्षणको अन्तिम चरणमा छन्। तर प्रभावकारी नतिजा देखाएका खोप मोडेर्ना र फाइजरका हुन्। केही दिनअघि रूसले पनि आफ्नो खोप ९२ प्रतिशत प्रभावकारी भएको भने बताएको थियो।