गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन् : रामचन्द्र पौडेल

0
ramchndra paudddel

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र व्यवस्था बचाउन वर्तमान सत्ता गठबन्धन बनेको भन्दै गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी शर्मा ओली थरथरी कापेको बताएका छन् ।

मंगलबार काठमाडौमा नेपाल विद्यार्थी संघको वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता पौडेलले  गठबन्धनको तागत देखेर एमाले अध्यक्ष  केपी ओली हतासको अभिव्यक्ति दिइरहेको पनि बताए ।

पौडेलले भने, शेरबहादुरलाई प्रम बनाउन होइन नेपालको परिवर्तन र अग्रगामी बाटोमा रुपान्तरण गर्न हो’,‘गठबन्धन सत्ताका लागि होइन व्यवस्थाका लागि हो ।‘यो शक्ति देखेर केपी ओली थरथरी कापेका छन्, हतास अभिव्यक्ति दिन पुगेका छन् ।’

उनले गठबन्धनको शक्तिबाट अत्तालिएर केपी ओली भ्रष्ट, प्रतिगामी र अवसरवादीको शरणमा पुगेको पनि पौडेलले बताए । ‘यहि हप्तामा हेर्नुस् उनले कस्ता कस्ता तत्त्वसँग एयालइन्स गरे ? ’, पौडेलको भने ‘राजनीतिक स्थायित्वका लागि हामी सवै एकजुट हुन जरुरी छ ।’

उनले लोकतन्त्रको लडाई बाँकी नै रहेकाले सवै सजग भएर लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरुविरुद्ध सतर्क हुनुपर्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed