Banking Khabar
भिडियो

गायक महेश काफ्लेको प्रेममा आँचल ‘लज्जावती झार’ झै लजाइन् !

प्रकाशित: September 7, 2020
September 7, 2020
सेयर:

काठमाडौं। गायक महेश काफ्ले र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ुलज्जावती झारु सार्वजनिक भएको छ। महेशकै शब्द संगीतमा रहेको उक्त गीतमा गायक काफ्लेसंगै आँचल शर्मा र असिम शाहको अभिनय रहेको छ ।

हरि हुमागाईंले खिचेको भिडिओ लोकेश बज्राचार्यले सम्पादन गरेका छन्। प्रेममा आधारित गीतको भिडिओलाई असिफ शाहले निर्देशन गरेका हुन्। यसअघि महेशको स्वरमा रहेको ‘नाच फिरिरी’ले पनि चर्चासँगै विभिन्न अवार्डसमेत जितेको थियो।

यसअघि महेशको स्वर र फिचर्ड गीत ‘माया बिरानी’ निकै रूचाईएको थियो। उक्त गीतमा पनि आँचलको अभिनय थियो। झण्डै एक वर्षपछि मशेहले ‘लज्जावती झा’ ल्याएका हुन्।