सरिता कार्कीको लोकदोहोरी गित सान्नानी चर्चामा

0
288827273_604957161056417_7722178428551003809_n (1)

काठमाडौं । पछिल्लो समय बजारमा आएको लोकदोहोरी सान्नानी निकै चर्चामा रहेको छ ।

लोकदोहोरी क्षेत्रमा पृथक प्रस्तुती रहेको सान्नानी गीतले यतिबेला अधिकांशका टिकटकमा छाइरहेको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा लोक दोहोरी गायिका सरिता कार्किको नयाँ दोहोरी गित ’सान्नानी’ भखर्रै सार्वजनिक भएको छ ।

प्रसिद्ध दोहोरी गायक सन्दिप न्यौपाने र गायिका सरिता कार्किको आवाजमा सजिएको उक्त गितमा गायक एवम् सर्जक प्रशान्त पौडेलको उत्कृष्ट लय शब्द सृर्जना छ । प्रेमिकल जोडीको मायाप्रेम विषयवस्तु दर्शाईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

केही समय अघि मात्रै गायक प्रशान्त पौडेलको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको ’सान्नानी’ गित छोटो समयमा नै टिकटक देखी युटुवसम्म निकै हिट बनेको थियो,अपार दर्शक स्रोताको माया पाएको सान्नानी गित दोहोरी भर्जनमा भिडियोसहित सार्वजनिक भएको छ ।

दोहोरी भर्जनमा सरिता कार्किको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको सान्नानी गितले एक दिनमै अपार स्रोताको माया पाएको छ । पछिल्लो समयका अत्यन्तै व्यस्त निर्देशक प्रकाश भट्टको उत्कृष्ट कथावस्तु एवन् निर्देशनमा तयार भएको गितको म्युजिक भिडियोमा महेन्द्र गौतम र लक्ष्मी बर्देवाको अभिनय रहको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई दुर्गा पौडेलले छांयाकन एवम् प्रविन भट्टले सम्पादन गरेका छन् । अत्यन्तै रोचक र लोभलाग्दो वनेको उक्त गितको म्युजिक भिडियो छोटो समयमा नै लोकप्रिय वनेको छ ।

हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो : .

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed