‘जति दिन ओली नेतृत्वको सरकार रहन्छ,संसदको तिरस्कार भइरहन्छ’:गगन थापा

0
gagan thapa

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधि सभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गर्नका लागि सरकारले संसदलाई कामविहीन बनाउन लागेको आरोप लगाएका छन् ।
मंगलबार शुन्य समयमा बोलेका सांसद थापाले भने, ‘एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिइएन भनेर हल्ला गर्ने तर संसदलाई एउटा पनि विधेयक नदिनेरु विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रिय सभा बैठक पनि नबोलाउने ?’

उनले भने, जति दिन केपी शर्मा ओली नेतृत्वको सरकार रहन्छ, संसदको तिरस्कार, अमपान र उपेक्षा गर्ने काम भइरहने दाबी थापाको छ। ‘किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ,’।

उनले आफ्नो ठाँउबाट डटेर लड्ने,संसदको गरिमा कायम राख्न लड्ने उनले बताए। जनताले यसबारे हिसाव गर्ने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed