जुन उदेश्यका लागि संसद विघट्न गरीयो त्यो उदेश्य पुरा भएको छ:शंकर पोखरेल

0
sankar pokharel 2

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका नेता शंकर पोखरेलले सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरे पनि प्रधानमन्त्रीले जुन उदेश्यले संसद विघट्न गरीएको थियो त्यो दुई महिनामा पुरा भएको बताएका छन् ।

बुधबार नेकपा ओली निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै लुम्विनी प्रदेशका मुख्यमन्त्री पोखरेलले जुन उद्देश्यका साथ प्रतिनिधि सभाको विघटन गरिएको थियो त्यो उद्देश्य पुरा भएको दाबी पनि गरे ।  उनले भने ‘पार्टी नेतृत्वको रक्षाका लागि, आन्दोलनको रक्षाको लागि स्वभाविक रुपमा प्रतिनिधि सभाको विघटन त्यतिबेलाको लागि अपरिहार्य कदम थियो भन्ने कुरालाई हामी सबैले बुझ्न जरुरी छ ।  सर्वोच्चको फैसला के भयो भन्ने कुरालाई बिर्सनुस् ।

त्यतिबेला त्यो काम नगरेको भए पार्टी नेतृत्वको विरुद्धमा, आन्दोलनका विरुद्धमा, एकताका विरुद्धमा जुन प्रकारको षडयन्त्रपूर्ण क्रियाकलाप भएको थियो त्यसको विरोध र भण्डाफोर गर्ने अवसर हामीले पाउने नै थिएनौं । जुन उद्देश्य साथ प्रतिनिधि सभा विघटन गरेका थियौँ त्यो उद्देश्य हामीले दुई महिनाको अवधिमा पुरा गरिसकेका छौँ । संसद पुर्नस्थापना भएर केही बिग्रिएको छैन ।’

यस्तै पोखरेलले प्रचण्ड–माधव पक्षको जितको परिणाम गैर कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारको लागि भिख माग्दै हिडेको बताएका हुन् ।

उनले भने, ‘उहाँहरुले हामी एक्लैले केही गर्न सक्दैनौं राष्ट्रिय सहमती खोज्छौ भन्नुभएको छ । एकातिर कुरा गर्नुहुन्छ, प्रधानमन्त्रीले कम्युनिष्ट पार्टीको दुई तिहाई हुँदाहुँदै विघटन गरेर संकटमा पारे भन्नेकुरा गर्नुहुन्छ । उहाँहरुले जितेको जितको परिणाम के हो त भन्दाखेरी कम्युनिष्ट पार्टीको नेतृत्व होईन गैर कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारका लागि भिख माग्न हिड्दै हुनुहुन्छ ।’

नेता पोखरेलले कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारलाई काम गर्न नदिने र गैर कम्युनिष्टहरुको सरकार बनाउन खोज्ने स्थिति पैदा गरिएको भन्दै जनताकोबीचमा यसै विषयलाई लिएर जाने बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed