Banking Khabar
मुख्य समाचार

जुम्ल्याहा बच्चा जन्माएकी २९ वर्षीया सुत्केरीको कोरोना संक्रमणका कारण बाँकेमा मृत्यु

shilalekha
shilalekha
प्रकाशित: October 4, 2020
October 4, 2020
सेयर:

नेपालगञ्ज । कञ्चनपुरकी एक सुत्केरीको बाँकेको कोहलपुर शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

गर्भवती हुँदा नै निरन्तर रक्तश्राव भइरहेकी २९ वर्षीया महिलाले बच्चा जन्माएपछि पनि रक्तश्राव नरोकिएपछि उनलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो।

सेती अस्पतालमै जुम्ल्याहा बच्चा जन्माएकी महिलाको असोजज १४ गते पीसीआर जाँच गरिएको थियो । उनको रिपोर्ट पोजिटिभ आएको थियो ।

उनको आइतबार बिहान ४ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहँँका अनुसार, बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा बाँकेका मृत्यु हुनेको संख्या ९ पुगेको छ।