जेठ ३० भित्र स्ववियू निर्वाचन गर्ने सहमति संगै नेविसंघको रिले अनसन तोडियो

0
153160274_2749601528638546_7204732386568257985_o

काठमाडौ। जेठ ३० भित्र स्ववियू निर्वाचन गर्ने सहमतिसंगै नेविसंघले ४८ दिनदेखि गरिरहेको रिले अनसन तोडिएको छ ।
सोमबार रिले अनसन बसेका नेविसंघ र त्रिवि पदाधिकारीबीच जेठ ३० गतेभित्र स्ववियू निर्वाचन गर्नेलगायत ६ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

स्ववियू निर्वाचनका लागि चैत २५ गतेभित्र सर्वपक्षीय छलफल बोलाउने पनि समझदारी भएको छ।

समझदारी पत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष शिवलाल भुसाल र नेविसंघका तर्फबाट श्यामचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन्।

नेविसंघका नेताहरूलाई अनसन तोडाउन उपकुलपति धर्मकान्त बाँस्कोटा पनि उपस्थित थिए।

यस्तो छ समझदारी पत्र:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed