Banking Khabar
ब्यानर न्युज

पहिलो दिन ज्योति लाइफको आईपीओमा करिब डेढ लाखले दिए आवेदन

shilalekha
shilalekha
प्रकाशित: March 5, 2021
March 5, 2021
सेयर:

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा निष्काशनको पहिलो दिनमा १ लाख ३८ हजार ६३ जनाको आवेदन परेको छ ।

कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आज ३ बजेसम्ममा १ लाख ३८ हजार ६३ जना आवेदकले ३५ लाख १४ हजार ६ सय २० कित्ता शेयर खरिदका लागि आवेदन दिएका छन् ।

यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्ने बिक्री प्रबन्धकको भनाई छ ।

कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार सीडीएससीको निर्देशनमा ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ तोकिएको मितिभन्दा २ दिनअगाडि नै निष्कासन गरिएको हो।

यसअघि यो आईपीओ फागुन २३ गते आइतबारदेखि निष्कासन हुने भनिएको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको छ।

कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा फागुन २६ गते र ढिलामा चैत ६ गते बैंकिङ समयपछि हुनेछ।

आईपीओ निष्काशनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ।