Banking Khabar
ब्यानर न्युज

झाँक्री पक्राउको विरोधमा गगन थापाले भने, ‘सरकार झ्यालखानाको संख्या थप, सत्य पक्षमा बोल्ने त्रासले डराउँदैनन्’

प्रकाशित: February 11, 2021
February 11, 2021
सेयर:

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेकपाको दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको पक्राउको विरोध गरेका छन् ।

उनले ट्वीट गर्दै राष्ट्रपति र सरकारले ले आफ्नो कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक काम गरेको र त्यसमाथि प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको बताएका छन् ।

पहिलेका राजा र अहिलेकी राष्ट्रपतिमा कुनै फरक नदेखिएको भन्दै थापाले सत्यका पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने उल्लेख गरेका छन् ।

‘उहिले महाराजा अहिले राष्ट्रपति १’ उनले भनेका छन्, ‘सरकार झ्यालखानाको संख्या थप किनकी सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।’

नेतृ झाँक्रीले राष्ट्रपति आफ्नो संवैधानिक दायित्व पुरा गर्नबाट चुकेको र सरकारको प्यादा जस्तो देखिएको भन्दै विरोध गरेकी थिइन् । प्रधानमन्त्रीको लाचार छायाँ भन्दै उनले दाहाल–नेपाल समूहको देशव्यापी विरोध कार्यक्रमको क्रममा गोरखाको सिरानचोकमा भाषण गरेकी थिइन् ।