Banking Khabar
ब्यानर न्युज

डा.केसीले उठाएका माग कार्यान्वयनको चरणमा रहेको भन्दै अनसन अन्त्य गर्न सरकारी वार्ता टोलीको आग्रह

shilalekha
shilalekha
प्रकाशित: October 10, 2020
October 10, 2020
सेयर:

काठमाडौं । सरकारी वार्ता टोलीले डा केसीले उठाएका माग कार्यान्वयनको चरणमा रहेको भन्दै अनसन अन्त्य गर्न केसीलाई आग्रह गरेको छ ।

सहमति प्रयास असफल भएपछि शिक्षा सचिव गोपी मैनाली नेतृत्वको सरकारी वार्ता टोलीले शनिबार वत्तव्य जारी गर्दै डा। केसीका मागबारे आफ्नो धारणा समेत सार्वजनिक गरेको हो ।
असोज २२ र २३ गते भएको वार्तामा सरकारले आफ्नो तर्फबाट डा. केसीले उठाएका मागबारे स्पष्ट पारिसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चिकित्सा शिक्षाको नियमनका लागि राष्ट्रिय चिकित्सा ऐन, २०७५ तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ जारी भइसकेको र सो बमोजिम चिकित्सा शिक्षा आयोग गठन भइ एकीकृत प्रवेश परीक्षा सिट निर्धारण, एकीकृत शैक्षिक सत्र, गुणस्तर प्रत्यायन बोर्ड गठन, नेसनल मेडिकल स्पेसियालिटिज बोर्ड गठन, सरकारी शिक्षण संस्थामा ७५ प्रतिशत छात्रबृत्ति लगायतका नियमन सम्बन्धि व्यवस्था कार्यान्वयनमा आइसकेको विज्ञप्तिमा उल्लेख छ ।

गेटा मेडिकल कलेज भवन र अस्पताल निर्माण सम्पन्न भइसकेको विज्ञप्तिमा जनाइएको छ ।कर्णाली विज्ञान स्वास्थ्य प्रतिष्ठानद्वारा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोग समक्ष स्वयं मूल्यांकन प्रतिवेदन पेश भइसकेको छ ।

भने प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाका लागि बर्दिबास, बुटवल र सुर्खेतमा गग्गा प्राप्ति र गुरुयोजना स्विकृत भइसकेको वातावरणीय प्रभाव मूल्यांकन स्विकृतिको अन्तिम चरणका रहेको विज्ञप्तिमा उल्लेख छ ।