तिमी छ्यौ पियारी मनैमा बसेकी !

0
ssssssssssssssssssssss

गजल

फलेको फुलेको गुलाबै मजाको
गुफा त्यो महेन्द्र असाध्यै मजाको

विदेशी उडेरै रमायो चराझैँ
हिमालै छ प्यारो बतासै मजाको

म फेवा घुमेरै दिलैमा सजाएँ
घुमेको तलैया अचम्मै मजाको

ल ! सेती बगेकी धरा नै चिरेरै
हिमाली छ आभा बिछट्टै मजाको

तिमी छ्यौ पियारी मनैमा बसेकी
लहरै उभेको हिमालै मजाको

दिलैमा बसेरै त रम्छिन् पियारी
यसैले त छिन् पोखरानै मजाको ।

अनिताराज खतिवडा “शिखा”

डुमरवाना,बारा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed