दुईतिहाइ बहुमतबाट प्रदेश ५ को नाम ‘लुम्बिनी’ कायम,पक्षमा ७९ र विपक्षमा ४ मत खस्यो

0
5555555555555555555555555

काठमाडौं । प्रदेश ५ को नाम अब लुम्बिनी दुईतिहाइ बहुमतले पारित भएको छ ।

शान्तिका अग्रदूत गौतम बुद्धको कपिलवस्तुस्थित जन्मभूमिको नामलाई प्रदेश ५ ले ग्रहण गरेको हो। प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले लुम्बिनी नाम कायम गर्ने प्रस्ताव संसदमा पेश गर्नुभएको थियो ।

जसलाई प्रदेशसभाका सभामुख पूर्ण घर्ती मगरले दुईतिहाइ बहुमतले पारित भएको घोषणा गर्नुभएको छ। प्रदेशको नाम लुम्बिनी कायम गर्न भएको मतदानमा ८३ जना सांसद उपस्थित भएका थिए। सभामुख पूर्ण घर्तीले लुम्बिनी नाम कायम गर्ने पक्षमा ७९ र विपक्षमा ४ मत खसेको जानकारी दिनुभयो । उक्त प्रस्तावमा दर्ता २ वटा संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका छन्।

प्रदेश ५ को प्रदेशसभामा ८७ जना सांसद रहेका छन्। जसमा नेकपाका मात्र ६१ जना छन्। कांग्रेसका १९ सांसद, जनता समाजवादीका ६, राष्ट्रिय जनमोर्चा १ जना सांसद छन्। यसअघि प्रदेशसभाको दुईतिहाइ बहुमतले प्रदेशको राजधानी दाङको भालुवाङ कायम गराएको थियो।

प्रदेशसभामा भएको मतदानमा बैठकमा उपस्थित ८२ मध्ये राजधानी दाङ कायम गर्ने पक्षमा ६९ मत खसेको थियो। विपक्षमा १३ मत परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed