देउवाले जंगिदै भने,महाधिवेशन बाहेक अविश्वास प्रस्तावको कुरा नगर्नुहोस् !

0
deuba rissss

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीले विपक्षमा बस्ने म्यान्डेट पाएकाले सत्तामा जाने कुरा गौण भएको बताएका छन् ।

बुधबार बिराटनगरमा पत्रकारसंग कुरा गर्दै, ‘हामी विपक्षी पार्टी हौँ, हामीलाई प्रतिपक्षमा बस्ने म्यान्डेट छ,’ देउवाले भने, ‘त्यसैले हामी सत्ताका लागि मरिहत्ते गर्दैनौँ। सत्ता आइलाग्यो भने पछि पनि हट्तैनौँ, भाग्नेवाला पनि छैनौँ।’

तपाईंहरूलाई त आलोचकले सरकारी प्रतिपक्ष भन्न थाले नि भन्ने प्रश्नमा देउवाको जबाफ थियो, ‘म आलोचक होइन। मैले भनेको छैन। कस–कसले के के भन्छन् त्यतापट्टि म जान्न।’

ओली सरकारका विरूद्ध अविश्वासको प्रस्ताव कहिले आउला भन्ने विषयमा उनले केही बताउन चाहेनन्। अविश्वासको प्रस्ताव आयो भने के गर्नुहुन्छ भन्ने सवाल गर्दा पनि उत्तर दिन मानेनन्।

नेपाली काङ्ग्रेसले यही सरकारलाई समर्थन गर्नुको कारण चाहिँ के हो भन्ने जिज्ञाशामा देउवा यसरी जङ्गिए, ‘मैले अघि नै भनेको कुरा तपाईंले बुझ्नु भएनरु हामी विपक्षी हो, विपक्षी हो, विपक्षी हो, विपक्षी हो, विपक्षी हो।’

यति भनेपछि देउवा रिसाउँदै उठेर हिँडे।

हिँड्दाहिँड्दै एक पत्रकारले सोध्न भ्याए, ‘के तपाईं आगामी महाधिवेशनमा सभापति लड्दै हुनुहुन्छ ?’

देउवाको प्रत्युत्तर थियो, ‘हो, यस्तो राम्रो प्रश्न गर्नुस्। जथाभावी नसोध्नुस्। सबैले समर्थन गरेर उठ्नोस् भनेर अनुरोध गरे भने लड्छु। यस्ता कुरा मात्र सोध्नुस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed