Banking Khabar
ब्यानर न्युज

देउवा राष्ट्रपतिको उम्मेदवार होइनन् : प्रवक्ता महत

shilalekha
shilalekha
प्रकाशित: January 26, 2023
January 26, 2023
सेयर:

नेपालगन्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा नेपाली कांग्रेसको दाबी रहेको बताएका छ ।

नेपाल प्रेस युनियन, बाँकेले बिहिबार आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता महतले कांग्रेसले राष्ट्रपतिको उम्मेदवार कसलई उठाउने भन्ने विषयमा पार्टीमा छलफल गरी जानकारी दिने समेत बताएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपतिको उम्मेदवार भएको हल्ला चले पनि प्रवक्ता महतले देउवा उम्मेदवार नभएको पनि स्पष्ट पारे । उनले राष्ट्रपतिका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता इच्छुक रहेकाले उपयुक्त समयमा पार्टीले निर्णय गर्ने पनि बताए।

यस्तै राष्ट्रिय सहमतिका लागि कांग्रेसले वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको पनि बताएका छन्।

प्रवक्ता महतले भने, ‘प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको हो तर कांग्रेस सरकारमा जान होइन। सभामुख, राष्ट्रपति आदि निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेर नै कांग्रेसले सरकारको समर्थन गरेको हो।’

महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान रक्षाका लागि म उभिन्छु र समझदारी निर्माण गर्छु भन्ने मनसाय राखेको र समझदारी विकास गर्ने भनेकाले उनको त्यो प्रतिबद्धताको परीक्षण गर्न पनि कांग्रेसले सरकारलाई समर्थन गरेको बताए।

संविधान रक्षाको जिम्मेवारी राष्ट्रिपतिको पनि भएकाले त्यसमा कांग्रेसको दाबी रहेको उल्लेख गर्दै उनले पार्टीले विगतमा प्रधानमन्त्रीमा नेतृत्व दाबी गर्दा गठबन्धन विभाजन हुने उद्देश्य नरहेको र केही राजनीतिक मूल्याङ्कनमा त्रुटि भएकाले गठबन्धन भत्केको बताए।