Banking Khabar
ब्यानर न्युज

नेकपा स्थायी कमिटी बैठकले एमसिसी अनुमोदन गर्ने निर्णय

shilalekha
shilalekha
प्रकाशित: September 11, 2020
September 11, 2020
सेयर:

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसिसीलाई परिमार्जन र संशोधन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले एमसिसी आवश्यकताअनुसार संशोधन र परिमार्जनपछि अनुमोदन गरीने गरी पारित गर्ने निर्णय गरेको हो।

यसअघि झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलले दिएका सुझाव प्रतिवेदनलाई समेत ध्यान दिई पार्टीको बैठकमा छलफल गरेर के(के विषय संशोधन गर्ने भन्ने छिट्टै निष्कर्षमा पुगिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले करिब डेढ वर्षदेखि अड्किएको विवादित उक्त परियोजनासम्बन्धी विधेयक अगाडि बढाउने निर्णय गरेको हो। तर, एमसीसीमा के संशोधन र परिमार्जन गर्ने भन्नेबारेमा पार्टीभित्र थप छलफल गर्ने निर्णय बैठकले गरेको छ।

‘एमसिसीको हकमा यसलाई आवश्यकताअनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय पार्टीले निकालेको छ,’ प्रवक्ता श्रेष्ठले शिलालेखलाई बताउनुभयो । खनाल नेतृत्वको कार्यदलले यथास्थितिमा एमसिसी पारित नगर्न सुझाव दिएको थियो।