Banking Khabar
ब्यानर न्युज

नेकपा स्थायी कमिटी बैठक सुरू,के छ अध्यक्षद्वयकाे प्रस्तावमा?

shilalekha
shilalekha
प्रकाशित: September 11, 2020
September 11, 2020
सेयर:

काठमाडौँ । असार १८ गतेदेखि अवरुद्ध हुँदै आएको सत्तारुढ नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबारदेखि सुरु भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग चर्को रुपमा उठाएपछि विवादमा फसेको नेकपाको स्थायी समिति बैठक ७१ दिनपछि  सुरु भएको हो।

बैठकमा कार्यदलको प्रतिवेदनका आधारमा अध्यक्ष ओली र दाहालले तयार पारेको (कार्ययोजना) हुने छ । ओलीविरुद्ध वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग मिलर मोर्चाबन्दी गरे पनि यसअघि नै भएको कार्यकारी अध्यक्षको जिम्मेवारी पाउने निर्णयलाई थप परिभाषित गर्दै दाहाल अघि बढ्न सहमत हुनुभएको छ।

महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्य कार्यदलले दिएको सुझावलाई आधार बनाउँदै ओली दाहालले तयार पारेको विवाद समाधानको कार्ययोजना स्थायी समितिमा पेश भएको छ।

उक्त कार्ययोजनामा ओलीले संसदको यो कार्यकालभर सरकार सञ्चालन गर्ने, दाहाल कार्यकारी अध्यक्षको हैसियतमा पार्टी काममा केन्द्रित हुने, सरकार तथा पार्टीका निर्णय आपसी छलफलबाट गर्ने, पूर्व निर्धारित चैतको अन्तिम हप्ता एकताको महाधिवेशन गर्ने, पार्टी एकताको बाँकी काम एक महिनाभित्र सम्पन्न गर्ने र केन्द्र तथा प्रदेशको मन्त्रिपरिषद् हेरफेर गर्ने जस्ता विषय प्रस्तुत कार्ययाजनामा समेटिएको छ।

यस्तो छ अध्यक्षद्वयको प्रस्तावमा: