Banking Khabar
मनाेरञ्जन

नेपाली सिने जगतलाई शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्‍याउनु छ’:श्वेता खड्का

shilalekha
shilalekha
प्रकाशित: December 7, 2020
December 7, 2020
सेयर:

काठमाडौं । नायिका श्वेता खड्काले नेपाली सिने जगतलाई अझै उचाइमा पुर्‍याउन आफूले भूमिका खेल्ने बताएकी छन्। सोमबार मात्रै विवाह बन्धनमा बाँधिएकी नायिका श्वेताले आफ्नो शिरमा सजिएको सिन्दुरजस्तै नेपाली सिने जगतलाई अझ उचाइमा पुर्‍याउन आफूले भूमिका खेल्ने बताएकी हुन्।

‘अनत्वगोत्वा स् मैले सिउँदोमा सिन्दुर भरें’….. मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्‍याउनु छ, श्वेताले फेसबुकमा स्टाटस लेखेकी छन्।

विवाह गरे आफूले अर्को एउटा यात्रामा पाइला चालेको श्वेताले उल्लेख गरेकी छन्। उनले आफूले गरेका कामलाई प्राथमिकतामा राख्ने प्रणसमेत स्टाटसमा गरेकी छन्। “निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ। मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ। मैले अझ धेरै काम गर्न बाँकी छ। थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु”,स्टाटसमा उल्लेख छ।

धनगढीका विजयेन्द्रसिंह रावतसँग नायिका खड्काको बिहे भएको हो। गोकर्ण फरेस्ट रिसोर्टमा वैवाहिक कार्यक्रम सम्पन्न भएको थियो।

चलचित्र ‘कहाँ भेटिएला’बाट सिने जगतमा छिरेकी नायिका खड्काले श्वेताश्री फाउन्डेसन खोलेर समाजसेवासमेत गर्दै आएकी छन्। यसअघि २०७१ असारमा अभिनेता श्रीकृष्ण श्रेष्ठसँग खड्काको विवाह भएको थियो। तर सोही वर्ष साउनमा श्रेष्ठको निधन भएको थियो।