Banking Khabar
ब्यानर न्युज

नेविसंघको नेतृत्वमा महिला ल्याउन शिर्ष नेतालाई दवाव दिदै विद्यार्थी नेत्रीहरु

shilalekha
shilalekha
प्रकाशित: March 8, 2022
March 8, 2022
सेयर:

काठमाडौं । नेपाल विद्यार्थी संघको तदर्थ कमिटीमा महिला नेतृत्वको दाबी गर्दै विद्यार्थी नेत्रीहरु पार्टीका शिर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाएर दावाव दिइरहेका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा महामन्त्रीद्धय गगन कुमार थापा, विश्वप्रकाश शर्मा, र सहमहामन्त्री डिना उपाध्याय लगायतलाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेविसंघ पूर्व केन्द्रीय सदस्य पुनम भट्ट भट्राइ, गिता गुरूङ,र प्रेमिका रानामगरसहितको टोलीले पदाधिकारीलाई ज्ञापनपत्र बुझाउँदै महिला पनि अध्यक्ष हाँक्न सक्षम रहेको उल्लेख गरेका छन्।

मंगलबार महामन्त्री गगन कुरामा थापालाई ज्ञापनपत्र बुझाउदै नेविसंघकी पूर्व केन्द्रीय सदस्य पुनम भट्ट भट्राइले महिला नेतृत्वको दावी गररिहदा सक्षम महिला ल्याउनुपर्ने कुरामा पार्टीले नै यसको मुल्याकन गर्नुपर्ने भनाइ भनाइ राख्नुभएको छ । मुलुको विद्यार्थी आन्दोलनलाई अघि बढाउनका लागि नेत्तृत्वसंगै सभापतिमा महिलालाई अघि सार्नुपर्ने बताउनुभयो । सभापतिले स्नाकोत्तर गरेको र नेविसंघको केन्दीय कमिटिमा काम गरीसकेको व्यक्तिले सभापतिको नेतत्व पाउन नेविसंघलाई चलायमान बनाउन सक्ने उहाँको भनाइ छ ।

आफु पनि स्वाभाविक रुपमा सभापति दावेदार रहेको बताउदै नेत्री भट्राइले अन्य दलका भ्रातृ संगठनहरुमा महिला नेतृत्व आइसक्दा नेविसंघमा एक जना पनि महिला नेतृत्व आउन नसक्नु बिडम्बना भएको उहाँको भनाइ छ । पार्टीको विधानममै महिला नेतृत्वलार्य स्थापित गर्नुका लागि भ्रातृ संगठन भने समानताको नारामै सीमित रहेको भट्राइलेले गुनासो गर्नुभयो ।

सभापतिकै अर्की दावेदार नेविसंघ पूर्व केन्द्रीय सदस्य प्रेमिका राना मगर नेविसंघमा नेविसंघमा यसपटक जसरी पनि महिला नेतत्व ल्याउनुपर्ने उहाँको भनाइ छ । सधै महिला विद्यार्थी नेत्रीहरु आन्दोलन गर्दा अग्रभागमा देखिएझै अव नेत्तृवमा पनि पार्टीले पत्याउनुपर्ने उहाँको भनाइ छ।
यस्तै नेविसंघ सभापतिकै अर्की दावेदार गिता गुरुङ पनि नेविसंघको नेतृत्वका लागि महिला तयार रहेको बताउनुभयो । नेविसंघमा महिलालाई नेतृत्व दिए संगठनलार्य चुस्तदुरुत बनाउन सक्ने बताउनुभयो । विद्यार्थीको नेता विद्यार्थी नै हुनुपर्छ भन्ने पक्षमा आफू रहेको उनको भनाइ छ।

नेविसंघमा नेतृत्व गर्न महिलाहरु तयार भइसकेको बताउँछिन् अर्का पूर्व केन्द्रीय सदस्य मेघा शाही। वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा दुई पटक इकाइ सभापति बनिसकेकी उनी नेविसंघको केन्द्रीय नेतृत्वमा महिला आउन ढिला भइसकेको तर्क छ । अहिलेसम्म महिलालाई नेतृत्व नदिनुको कारण आफैँले आवाज उठाउन नसक्दाको परिणाम भएको उनको बुझाइ छ।

फागुन मसान्तभित्र महाधिवेशन गर्न सक्ने नेतृत्वसहित तदर्थ समिति गठनको तयारीमा केन्द्रीय समिति लागेको छ। फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवाको परामर्शमा तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो।