पार्टीबाट खिया लागेका दुईवटा नटबोल्ट खुस्किँदैमा फरक पर्दैन:प्रधानमन्त्री ओली

0
ko woli3333333333333333333333333333333333333333

काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहको नेतत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिनुभएको छ।
आफू पक्षीय काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाललाई खिया लागेको नटबल्टुको संज्ञा दिनुभएको हो ।
केपी ओली ओलीले प्रचण्ड–माधव नेपाल खेमा पदको पछाडि दौडिरहेको आरोप समेत लगाउनुभएको छ। ओलीले भन्नुभयो, उहाँहरुलाई पद चाहिएको छ । पद चाहिएको भए पार्टी बैठकमा आउनुपर्ने हो’, प्रचण्ड–नेपाललाई व्यङ्ग्य गर्दै ओलीले भने, ‘सुन्तला खान सुन्तला घारीमा जानुपर्छ, सल्लाघारी जाने ?’

उहाँले पार्टी एकता गरिएपनि काम गर्न नदिएको उल्लेख गर्दै प्रचण्ड–नेपाल आफ्नो बाटो लागेपछि पार्टी राम्ररी चलिरहेको दवी गर्नुभयो । ‘तीन वर्षसम्म पार्टी हलचल हुन सकेन । तर अहिले दुई वटा नटबोल्ट खिया लागेर झरेपछि पार्टी यसरी चलेको छ,’ ।

उहाँले प्रचण्ड–नेपाल समूहले आन्दोलनको घोषणा गरेको आफूलाई जानकारी रहेको उल्लेख गर्दै तर त्यो आन्दोलनको औचित्य नभएको बताताउनुभयो ।
यस्तै आधिकारिक नेकपा आफूले नेतृत्व गरेको समूह नै रहेको जिकिर गर्दै उहाँले ‘बसिरहेको घर मेरो भन्दै निवेदन हाल्ने रु’ भन्दै इतर समूहलाई प्रश्न गरे ।
आगामी निर्वाचनमा दुईटा अंकको सिट ल्याएर देखाउन पनि उनले प्रचण्ड–नेपाल समूहलाई चुनौति दिनुभयो । उहाँले प्रचण्ड नेपाल समूहले बहुमत रहेको दावी गर्दै हिँडेको भन्दै त्यसको नतिजा आगामी वैशाख १७ र २७ गते देखिने पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed