Banking Khabar
मुख्य समाचार

पार्टीभित्र शकुनी पैदा नभएको भए २९३ सिट जित्थ्यौं :केपी ओली

shilalekha
shilalekha
प्रकाशित: June 16, 2022
June 16, 2022
सेयर:

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टी भित्रैबाट अन्तरघात नभएको भए २९३ सिट ९स्थानीय तहको प्रमुख (अध्यक्ष) जितिने हिसाब निकालेका छन्।

पार्टीबाट विजयी जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा उनले बाह्य शक्तिसँग एमाले हराउने ताकत नभएको, तर एमालेभित्रै शकुनी, मिरजाफर र मिरकासिम निस्किएको टीप्पणी गरे।

उनले भने, ‘हाम्रा विरोधीले केही गर्न सक्ने थिएनन्, हामी त झण्डै दुई तिहाईमा थियौं। तर भित्रबाटै शकुनीहरु निस्किए, मिरजाफरहरु निस्किए र मिरकासिमहरु निस्किए।’

अंग्रेजले बंगाल आक्रमण गर्दा बंगालका सेनापति मिरजाफर र मिरकासिमले अंग्रेजलाई सहयोग गरेको स्मरण ओलीले गरे।

एमाले भित्रबाट अन्तरघात नहुँदा २९३ सिट जित्ने हिसाब अघि सार्दै ओलीले भने, ‘१९ वटा पालिकामा १०० भन्दा कमले हारेका छौं। १८ वटा पालिकामा २०० भन्दा कम, १५ वटा पालिकामा ३०० भन्दा कम, १३ वटा पालिकामा ४०० भन्दा कम र १५ वटा पालिकामा ५०० भन्दा कम मतले पराजित भएका छौं। यदि साढे २०० मत बढाउन सकेको भए थप ८८ सिटमा जित हासिल गर्थ्यौं।’