पूर्वप्रधानमन्त्री भट्टराई र पत्रकार दीक्षितबीच ‘भारुराम’ र ‘डलरमणि’ भन्दै ट्वीट वार

0
baburam tweet

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जसपाका नेता बाबुराम भट्टराई सामाजिक सञ्जालका सेलेब्रेटी नै हुनुहन्छ । नेपालमा १ दशमलव २ मिलियन अर्थात सवैभन्दा बढी ट्वीटर फ्लोर्स भएका व्यक्ति हुनुहन्छ ।

समसामयिक विषयमा खरो रुपमा उत्रने भट्टराईको सामाजिक सञ्जालमा धेरै जनासंग कहिलेकाही फन्डा पनि हुने गर्छ । विशेषगरी उहाँको पहिलेको पार्टीका विषयमा लिएर धरैजनाले उहाँमाथी औला उठाउने गर्दछन् । जुनसुकै विषयमा आफूलाई लागेको कुरा कठोरता पूर्वक भन्ने र सकेसम्म अरुलाई जवाफ दिने उहाँको शैली छ। रुखो शैलीमा मन नपरेकाहरुको आलोचना गर्नु बाबुरामको ट्वीटर एकाउण्ट हेर्दा प्रष्टै थाहा पाउन सकिन्छ ।

शनिबार पूर्व प्रधानमन्त्री एवं माओवादी सशस्त्र आन्दोलनको नेतृत्व गर्नुभएका भट्टराई र उहाँँका सदाबहार आलोचक पत्रकार एवं नागरिक अभियन्ता कनकमणि दीक्षितबीच सामाजिक सञ्जालमा ‘असामाजिक’रुपमले नै उत्रिएका छन् ।
आफूलाई नागरिककै अगुवा दाबी गर्ने दीक्षित र पूर्वप्रधानमन्त्री जस्तो उपल्लो तहको राजकीय जिम्मेवारी लिइसकेका भट्टराईबीचको आरोप प्रत्यारोप पढ्न पनि अलि असहज लाग्न सक्छ ।
भट्टराईले शुक्रबार गृह जिल्ला गोरखा पुगेर ठोरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनको आलोचना गर्दै ट्वीटमा भट्टराईले लेखेको कुरालाइ कान्तिपुर दैनिकमा ‘राम मन्दिर र आयोध्या होइन, अस्पताल बनाउने बेला हो स् भट्टराई’ शीर्षकमा समाचार छापिन्छ।

उक्त समाचारलाई ‘जनयुद्धका नाममा स्कुल, अस्पताल, घर भत्काउँदै डाक्टर, शिक्षक र विद्यार्थी मार्ने बाबुराम यति बेला अस्पताल नबनाएको भन्दै सरकारलाई प्रश्न गर्छन्’ भन्दै पुकार उप्रेतीले रिट्वीट गर्नुहुन्छ ।

बाबुरामका आलोचक दीक्षितले उप्रेतीको ट्वीटलाई समर्थन जनाउँनुहुन्छ । समर्थन जनाउँदै दीक्षितले लेन्नुभएको छ छन्, ‘यो सत्य हो। बाबुराम भट्टराई र उनको जत्थाले अस्पताल, स्कुल भत्काए अनि डाक्टर, विद्यार्थी र शिक्षकलाई निशानामा पारे। उनले यो कुरा कसरी अस्वीकार गर्न सक्छन्रु’

आफूमाथि गम्भीर आरोप लगाएपछि बाबुरामले कनकमणिलाई जवाफ फर्काउनुहन्छ । कनकलाई मेन्सन गर्दै बाबुराम लेख्नुहुन्छ , ‘जनक्रान्ति अपूर्ण रुपमै अन्त्य भयो। एउटा विषालु सर्प दुलोबाट निस्किएर टोक्ने कोसिस गरिरहेको छ। यी राजतन्त्रका पक्षमा खटिएका व्यक्ति मेरो विपक्षमा छन्। मैले राजतन्त्रको अन्त्य र गणतान्त्रिक संविधान जारीमा भूमिका खेलेको छु। जसप्रति मलाई गर्व छ।’

भट्टराई र दीक्षितको तल्लोस्तरको गाली गलौजमा समर्थ तथा विरोध जनाउँदै अरु दर्जनौं व्यक्ति सहभागी छन्। भट्टराईले यदाकदा दीक्षितलाई लक्षित गर्दै विदेशबट डलर ल्याएर नेपालमा द्वन्द्वको खेती गरेको आरोप लगाउँदै ‘डलरमणि’को संज्ञा दिँदै आएको छन्।

उक्त प्रसंगलाई कोट्याउँदै अर्का एक व्यक्ति उल्लेख गर्छन्, ‘तपाईँलाई डलरमणि भन्यो एसलाई पनि भारुराम भन्दिनु न त, जस्तालाई त्यस्तै।’ उहाँको कुरालाई समर्थन जनाउँदै दीक्षित फेरि भट्टराईमाथि खनिदै लेख्नुहुन्छ, ‘हो मलाई ‘डलरमणि’ भन्ने बाबुराम नै हुन्। डेकेन्द्र थापाको हत्याविरुद्ध बोल्न पत्रकार टोली सहित दैलेख पुग्दा, बराभले सुर्खेतमा यसो भन्दै भाषण दिएका। तर जे होलान नहोलान्, म उनलाई ‘भारुराम’ कहिल्यै भन्दिन।’

बाबुरामले फेरि दीक्षित प्रति लक्षित गर्दै ओली, महिन्द्र र रायमाझीकै सोच राखेको भन्दै आरोप लगाउँछन्। आइतबार बिहान भट्टराईले लेखेका छन्, ‘जताबाट पनि ओली महेन्द्र र रायमाझी पथमा उद्यत देखिन्छन्। १। पहाडी खसआर्य अहंकारवादलाई नेपाली राष्ट्रवादको रूपमा प्रस्तुती २। हिन्दु धर्मभीरू जनमत बटुल्न अयोध्या र राम मन्दिर बखेडा ३। संसद र अदालत र सेना र अख्तियार कब्जा ४। यति र भट्ट इ।मार्फत क्रोनी क्यापिटालिज्मस ५। ‘दशरथ र डलरमणि’ मार्फत मिडिया।’

आरोप प्रत्यारोप हेरिरहेका संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कुलचन्द्र गौतम आफूले दैलेख जाँदा बाबुरामले कनकलाई ‘डलरमणि’ भनेको थाहा पाएको उल्लेख गरेका छन्। गौतमले प्रश्न गरेका छन्, ‘द्वन्द्वका कारण मारिएका निर्दोष व्यक्तिबारे फैसला गर्ने न्यायाधीश को हुन्रु मर्डरमणि वा डलरमणि वा अरु कोही मणि ?’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed