Banking Khabar
ब्यानर न्युज

पेट्रोलियम पदार्थमा मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा ७.७ प्रतिशतसम्म बढ्यो (सूचीसहित)

shilalekha
shilalekha
प्रकाशित: June 20, 2022
June 20, 2022
सेयर:

काठमाडौं । पेट्रोलियम पदार्थमा मूल्य बढेसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बढेको छ।

इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरूप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा ५।३ प्रतिशतदेखि अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ।

अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ।

त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा ६.९४ प्रतिशत तथा तराईका बाटोमा चल्ने मालबाहक सवारीसाधनमा ७।७ प्रतिशत भाडा बढेको छ।स्थानीय रूटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ।

नेपाल आयल निगमले गए राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २१ रूपैयाँ तथा डिजेलरमट्टितेलमा २७ रुपैयाँ बढाएको थियो।

हेर्नुहोस् बढेको भाडादरको सूची: