Banking Khabar
ब्यानर न्युज

प्रदेश ५ को स्थायी राजधानी ‘देउखुरी’ र नाम ‘लुम्बिनी’ कायम

प्रकाशित: October 6, 2020
October 6, 2020
सेयर:

काठमाडौं । प्रदेश ५ को प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी कायम भएको छ। प्रदेश सभाको मंगलबारको बैठकमा भएको मतदानमा सरकारले सभामा प्रस्तुत गरेको प्रस्ताव पारित भएको हो।

अब प्रदेशको ५ को राजधानी देउखुरी हुनेछ। दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गरिएको थियो।

त्यस्तै, शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनीको महत्त्वलाई हृदयंगम गर्दै साझा चिनारीका रुपमा प्रदेशको नाम लुम्बिनी प्रदेश नामकरण गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गरिएको थियो।

प्रदेश ५ को राजधानी देउखुरी राख्ने प्रस्तावमा ६९ मत परेको थियो। विपक्षमा १३ मत परेको थियो।

प्रदेश ५ का ८७ सांसदमध्ये ८२ जना मतदानमा सहभागी थिए।