Banking Khabar
ब्यानर न्युज

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्तावमा को-को सासंदले हस्ताक्षर गरे त ? (नामावलीसहित)

shilalekha
shilalekha
प्रकाशित: February 13, 2022
February 13, 2022
सेयर:

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नेहरूमा तीनजना प्रस्तावक र ९५ समर्थक गरी ९८ सांसद छन् ।

महाअभियोगमा हस्ताक्षर गर्ने काँग्रेस, माओवादी र एकीकृत समाजवादी ९८ सांसदको नामावली रातोपाटीले प्राप्त गरेको छ ।

महाभियोगका प्रस्तावकहरुमा माओवादीका देवप्रसाद गुरुङ काँग्रेसकी पुष्पा भुसाल र नेकपा एकीकृतका जीवनराम श्रेष्ठ छन् ।

समर्थकका रुपमा हस्ताक्षर गर्ने ९५ सांसदको नामावली :

डा.मिनेन्द्रप्रसाद रिजाल, जिप छिरिङ लामा, महेन्द्रकुमारी लिम्बु, डिला संग्रौला पन्त, सरवत आरा खानम हलवाइनी, बहादुर सिंह लामा, मानबहादुर विश्वकर्मा, मीना सुब्बा, अभिषेकप्रताप शाह, पदम नारायण चौधरी, दिव्यमणि राजभण्डारी, मीनबहादुर विश्वकर्मा, लालकाजी गुरुङ, मोहन आचार्य, तेजुलाल चौधरी, सीताराम मेहता, गगनकुमार थापा र भीमसेनदास प्रधान ।

त्यसैगरी देवप्रसाद तिम्सिना, पार्वती डीसी चौधरी, राजेन्द्र कुमार केसी, सत्यनारायण शर्मा खनाल, विमला नेपाली, प्रकाशमान सिंह, देवेन्द्रराज कँडेल, रामबहादुर विष्ट, नमिता चौधरी, किशोर सिंह राठौर, शशांक कोइराला, स्मृति नारायण चौधरी, सुजाता कोइराला प्रमोद कुमार यादव लक्ष्मी परियार, प्रकाश रसाइली स्नेही, सञ्जयकुमार गौतम र हिरा गुरुङले पनि हस्ताक्षर गरेका छन् ।

त्यसैगरी सांसद अञ्जना बिसंखे, अमनलाल मोदी, अमृता थापा, इन्दुकुमारी शर्मा, ओनसरी घर्ती, कमला रोका, कृष्णबहादुर महरा, गंगाबहादुर तामाङ, गजेन्द्रबहादुर महत, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, चाँदतारा कुमारी, चूडामणि खड्का, छक्कबहादुर लामा, जयपुरी घर्ती, टेकबहादुर बस्नेत, दिलकुमारी साह, दूर्गाबहादुर रावत, धर्मशिला चापागाई, पूर्णकुमारी सुवेदी, मात्रिकाप्रसाद यादव, यशोदा गुरुङ सुवेदी, रामकुमारी चौधरी, रामेश्वर राय यादव, रेखा शर्मा, वर्षमान पुन, विना मगर, शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ, सत्य पहाडी, सन्तकुमार थारु, सुदन किराती, सुरेन्द्रकुमार कार्की, सुरेसकुमार राई, सुरेसचन्द्र दास, हरिबोलप्रसाद गजुरेल, हरिराज अधिकारी, हितबहादुर तामाङले पनि हस्ताक्षर गरेका छन् ।

त्यस्तै सांसदहरु हेमकुमार राई, सरलाकुमारी यादव, मेटमणि चौधरी, पुष्पाकुमारी कर्ण कायस्थ, हिराचन्द्र केसी, लक्ष्मी कुमारी चौधरी, विनादेवी बूढाथोकी, समिना हुसेन, मुकुन्द न्यौपाने, निरादेवी वैद्यले पनि महाअभियोेग प्रस्तावमा हस्ताक्षर गरेका छन् ।