Banking Khabar
ब्यानर न्युज

प्रधानमन्त्री ओलीलाई माधव नेपालको सुझाव:‘ओली बा समूह’ खोल्नुहोस !

shilalekha
shilalekha
प्रकाशित: February 8, 2021
February 8, 2021
सेयर:

काठमाडौं । नेकपाका प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधामन्त्रीको समूहलाई चोइटिएको समूहको संज्ञा दिँदै ‘ओली बा समूह’ खोल्न सुझाव दिएका छन्।

एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई आफूहरुले साधारण सदस्यताबाट समेत बर्खास्त गरिसकेकाले उनको नेकपासँग कुनै सम्बन्ध नभएको दाबी गरे।

उनले भने, ‘चोइटिएको समूह पार्टीको मूल समूह हुन सक्ने कुरा भएन। केपी ओलीलाई अध्यक्षबाट निकालिसकेका छौं। पार्टीको साधारण सदस्यबाट पनि बर्रखास्त गरिसकेका छौं। उनको अब नेपाल कम्युनिष्ट पार्टी नेकपासँग कुनै सम्बन्ध रहेको छैन। उनलाई खोल्ने रहर छ भने नेकपा मन परेको छ भने नेकपा ओली गुट भनेर खोले हुन्छ। नेकपा मन परेको छैन भने अर्कै ओलीवादी समूह खोल्यो भने हुन्छ। ओली बा समूह खोल्दिए सबभन्दा राम्रो। ओली बालाई मन पराउनेहरु उतै जान्छन्। जहाँ नेकपा पार्टी छ, जहाँ हामी छौं, त्यहाँ सूर्य चिन्ह आउँछ। अरु कसैले खोस्न सक्तैन।’

उनले विभिन्न आन्दोलनले सामन्तवादलाई परास्त गरेपनि पुरानै शैलीमा हिँड्ने बानी कायमै रहेकाले केपी ओलीले संविधान र लोकतन्त्रमाथि प्रतिगमन गरेको भन्दै उनले आफूहरुको संघर्ष व्यक्ति भन्दा पनि सामन्तवादी प्रवृत्ति विरुद्धको संघर्ष भएको स्पष्ट पारे।

उनले अहिलेको संघर्षलाई ओली र आफूहरुबीचको निजी लडाईंको रुपमा नलिई ओली प्रवृत्ति विरुद्धको लडाईंको रुपमा बुझ्न आग्रह गरे।