Banking Khabar
मुख्य समाचार

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठले दिए राजीनामा

shilalekha
shilalekha
प्रकाशित: September 25, 2020
September 25, 2020
सेयर:

काठमाडौं । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ ।

असोज १२ गते पदावधि सकिन लागेका श्रेष्ठले शुक्रबार राजीनामा दिनुभएको हो । काउन्सिलका तत्कालीन अध्यक्ष भवानीप्रसाद बरालविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि रिक्त अध्यक्ष पदमा काउन्सिल बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो। त्यसयता कार्यवाहककै रुपमा रुेष्ठलेले नै काउन्सिलको नेतृत्व गर्दै आउनुभएको थियो ।

श्रेष्ठले पदबाट राजीनामा दिएपछि काउन्सिलको बोर्ड बैठकले काउन्सिल सदस्य गोपाल बुढाथोकीलाई कार्यवाहक अध्यक्ष चयन गरेको छ। गतमहिना सरकारले श्रेष्ठलाई हटाई दुर्गा भण्डारीलाई कार्यवाहक तोकेको थियो।

सरकारको सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि अदालतले सरकारको सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।