बाँकेमा अर्घाखाँचीका ४२ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

0
118852273_10220870226178531_1887866245931506436_o

काठमाडौं । बाँकेमा मंगलबार थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।

अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं १२ निवासी ४२ वर्षीय पुरूषको मंगलबार बिहान ९ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।

बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार गम्भीर खाले निमोनियाको कारण उहाँँको मृत्यु भएको हो। मृतक व्यक्ति पेशाले टिपर चालक रहेका थिए । उहाँ साउन २७ गते टिपर दुर्घटनामा घाइते भएपछि युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका लागि भर्ना हुनुभएको थियो ।

युनिभर्सल मेडिकल कलेज भैरहवाले भीम अस्पताल भैरहवामा रिफर गरेपछि भदौ ५ गतेदेखि ९ गतेसम्म उपचार भएको थियो।त्यहाँ केही सुधार भएपछि भदौ ११ गते बिहान भीम अस्पतालले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा थप उपचारका लागि रिफर गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको स्वास्थ्यमा समस्या आएपछि कोरोना आशंका लागेर भदौ ४ गते स्वाब संकलन भएको र भदौ ५ गते उनको रिपोर्ट पोजेटिभ आएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । बिरामीको अवस्थामा सुधार नआएपछि त्यही उपचारका क्रममा उहाँको मंगलबार बिहान मृत्यु भएको श्रेष्ठले बताउनुभयो ।
योसँगै बाँकेमा उपचारका लागि ल्याइएकामध्ये मंगलबारसम्म तीन जना बाहिरी जिल्लाका संक्रमितको मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed