Banking Khabar
ब्यानर न्युज

बाढीले बगायो अस्थायी पुल, मेलम्ची–इन्द्रावती सडक अवरुद्ध

shilalekha
shilalekha
प्रकाशित: October 17, 2021
October 17, 2021
सेयर:

काठमाडौं । शनिबार रातिको भारी वर्षाका कारण मेलम्ची–इन्द्रावती जोड्ने अस्थायी पुलमा क्षति पुगेको छ। गत असार १ को बाढीले पक्की पुल बगाएपछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो।

यस्तै, मेलम्ची–दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइपको पुलमा समेत बाढीले क्षति पुगेको छ।

असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो।

त्यसैगरी ढकालखहरेमा पहिरो खसेका कारण हेलम्बु राजमार्गसमेत अवरुद्ध भएको छ। राति वर्षासँगै खसेको पहिरोले सडक अवरुद्ध बनेको हो। सडक अवरुद्ध बनेसँगै काठमाडौंबाट मेलम्ची तथा मेलम्चीबाट काठमाडौंका लागि छुटेका बसहरु बाटोमै रोकिएका छन्।