बुधबार कोरोनाबाट थप आठ जनाको मृत्यु,पालमा मृत्यु हुनेको संख्या ३ सय ७९ पुग्यो

0
118852273_10220870226178531_1887866245931506436_o

काठमाडौं ।पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार जना महिला छन् भने अन्य पुरूष छन्।

बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको हो। कोरोनाको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ।
काठमाडौंकी ७१ वर्षीया र ७४ वर्षीया, बाराकी ४६ वर्षीया र काभ्रेकी ५५ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको छ। त्यस्तै, सुनसरीका ७० वर्षीय, सप्तरीका ३४ वर्षीय, काभ्रेका ४१ वर्षीय र कास्कीका ७० वर्षीय पुरूष छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed