भाडावृद्धिको निर्णय फिर्ता लिन १३ विद्यार्थी संगठनको सातदिने अल्टिमेटम

0
119926103_3492804027444913_3255833536983511400_n

काठमाडौं । भाडावृद्धिको निर्णय फिर्ता लिन १३ विद्यार्थी संगठनले सातदिने अल्टिमेटम दिएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई बुधबार मागपत्र बुझाउँदै विद्यार्थी संगठनले माग सम्बोधनका लागि अल्टिमेटम दिएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले जानकारी दिनुभयो ।

लकडाउन हटाएपछि लामो तथा छोटो दूरीका यातायातमा आधा मात्रै यात्रु राखेर ५० प्रतिशत भाडावृद्धि गर्ने निर्णयले आमयात्रुमा असहज परिस्थिति निर्माण गरेको भन्दै विद्यार्थी संगठनले खारेजी गर्न माग गरेका छन् ।

मागपत्रमा हवाईजहाजमा जस्तै बसहरूमा पनि पूर्ण क्षमता यात्रुहरू राख्न दिनुपर्ने, सिट क्षमताभन्दा बढीसमेत यात्रु राखी भाडा भने दोब्बर असुल्ने गरी भएका गतिविधि तुरुन्त अन्त्य हुनुपर्ने, पुराना गाडी चलाई दुर्घटना निम्त्याउने व्यवसायीलाई कडा कारबाही गर्नुपर्नेलगायतका विषय समेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed