Banking Khabar
मुख्य समाचार

भ्रातृ संघले पूर्णता नपाउदा १५ हजार कार्यकता जिम्मेवारीबिहिन भए :नैनसिंह महर

shilalekha
shilalekha
प्रकाशित: June 23, 2022
June 23, 2022
सेयर:

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिन आग्रह गरेका छन्।

बिहीबार राजधानीमा आयोजित आगामी निर्वाचनमा भ्रातृ संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता महरले भ्रातृ संगठनले पूर्णता नपाउँदा पार्टी र संगठनका लागि काम गर्ने कार्यकर्ताहरूले स्थान नपाएको बताए।

‘पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाले पूर्णता नपाउँदा काम गर्न निकै गाह्रो भइरहेको छ। क्याम्पस, जिल्ला, प्रदेश र केन्द्र सबै ठाउँमा भ्रातृ र शुभेच्छुक संस्थाको नेतृत्व जाम छ,’ उनले भने, ‘युवासँगै थुप्रै व्यक्ति बाहिर रहेकाले स्वतन्त्रहरू सलबलाउन थालेका छन्। राजनीतिप्रतिको वितृष्णा बढ्दो छ।ु उनले राजनीतिप्रति युवा वर्ग र बाहिर रहेका मानिसको आकर्षण बढाउनका लागि चाँडोभन्दा चाँडो भातृ तथा सुवेच्छुक संस्थालाई पूर्णता दिनुपर्ने महर बताउँछन्।

उनले पदाधिकारीसहितको पूर्ण आकारको कमिटी बनाउन पार्टी नेतृत्व पंक्तिको गम्भीर ध्यानाकर्षण गराउन चाहेको बताए। यसो गर्ने मात्रै नयाँ परिस्थितिसँग प्रतिस्पर्धा गर्न सकिने महरको दाबी छ।

सबै भ्रातृ र सुवेच्छुक संस्थाको पूर्ण कमिटी बनाउँदा १५ हजार कार्यकर्ताले जिम्मेवारी पाउने महरले बताए। जिम्मेवारी प्राप्त गर्दा मानिसको सक्रियता बढ्ने भएकाले गठबन्धन बिनै पनि पार्टी प्रतिस्पर्धा गर्न सक्षम हुने महरको भनाइ छ।