मंगलबार साँझ गोविन्द केसीको समर्थनमा ‘सय गोविन्दको सय मिनेट अनशन’

0
119181732_322212945752758_5277049899969463329_n

काठमाडौं। चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका अभियन्ता डा गोविन्द केसीको सत्याग्रहको समर्थनमा आज माइतीघर मण्डलामा ‘सय गोविन्दको सय मिनेट अनशन’ कार्यक्रम आयोजना गरिएको छ।

साँझ ५ बजे आयोजना गरिने अनशन कार्यक्रममा एक सय मानिस सहभागी हुने जनाइएको छ। डा केसीले आफूसँग विगतमा भएका सम्झौतापूर्णपको कार्यान्वयनको माग राख्दै भदौ २९ गतेदेखि जुम्लामा १९ औं सत्याग्रह थाल्नुभएको छ ।
उहाँको स्वास्थ्यस्थित बिग्रिएपछि शनिबार उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर उहाँले अस्पतालमा अस्पतालमै सत्याग्रह जारी राख्नुभएको छ ।

सत्याग्रहको आठौं दिन उनको स्वास्थ्यस्थिति बिग्रँदै गएको छ भने माग पूरा नहुँदासम्म औषधि लिनसमेत अस्वीकार गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed